भेरी अस्पतालमा ३२ बर्षीय कोरोना संक्रमित युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज २५, कात्तिक ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । बर्दिया राजापुर-८ का ३२ बर्षीय पुरुषको उपचारका क्रममा मंगलवार विहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी १३ गते अस्पताल भर्ना भएका थिए ।

उनको त्यसैदिन स्वाब निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । रोगको प्रकृति अनुसार गर्नुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै आज विहान ११ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ३३ जनाको मृत्यु भएको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech