‘प्लाज्मा एप’ प्रभावकारी बन्दै

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

काठमाडौं २२,कात्तिक ।

कोरोना संक्रमित बिरामीलाई सहयोग पुर्याउन  सञ्चालनमा ल्याईएको ‘प्लाज्मा एप’ प्रभावकारी बन्दै गएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्लाज्मा चाहिने र दिने व्यक्तिलाई सम्पर्क गराउन ‘प्लाज्मा मोबाइल एप’ सन्चालनमा ल्याउनुभएको हो ।

प्लाज्मा चाहिएका बिरामीलाई सहज रूपमा प्लाज्मा उपलब्ध गराउन यो एप प्रभावकारी हुने आशा गरिएको छ ।

कोरोना संक्रमणमुक्त भएकाहरूले प्लाज्मा दिन सक्छन् । उक्त एपमा प्लाज्मा दिन चाहने र लिनेले ठेगाना, मोबाइल नम्बर र ब्लड ग्रुप खुलाउनुपर्छ ।

मंगलबार देखि उक्त एप सन्चालनमा छ । प्लाज्मा विधि कोरोना संक्रमित विरामीको उपचारका का लागि प्रयोग हुदै आएको छ ।

‘प्लाज्मा एप’

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech