काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा

    • स्वास्थ्य पेज

  • १० बैशाख २०८३, बिहीबार

काठमाडौँ ।  काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ ।  बिहान ११ बजेसम्मको मापन अनुसार वायु गुणस्तर सूचकांक (AQI) २१६ पुगेको छ, जसलाई जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ मानिन्छ ।

यससँगै काठमाडौँ विश्वकै वायु प्रदूषण भएका शहरहरूको सूचीमा दोस्रो स्थानमा परेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार AQI १०१–१५० भएमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर हुन्छ । १५१–२०० पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ भने २०१–३०० लाई ‘अति अस्वस्थकर’ र त्योभन्दा माथिलाई ‘खतरनाक’ तहमा राखिन्छ ।

वायु प्रदूषण बढेसँगै विशेषज्ञहरूले बाहिरी गतिविधि कम गर्न, मास्कको प्रयोग गर्न र संवेदनशील समूहले विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

  • १० बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech