काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा छलफल हुने एजेण्डा भने सार्वजनिक गरिएको छैन । नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अनुमान गरिएको छ ।







