प्यूठानमा किटजन्य रोग नियन्त्रणका लागि बिषादी छर्ने अभियान सुरु

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

प्यूठानः प्युठानमा स्थानीय तहसँगको समन्वयमा मलेरिया, कालाजार लगायतका किटजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय प्यूठानले भेक्टर कन्ट्रोल कार्यक्रम अन्तर्गत बिषादी छर्ने कार्य सुरु गरेको छ।

लामखुट्टेको प्रभाव उच्च रहेको तथा किटजन्य रोगको जोखिम बढी देखिएका ऐरावती, सरुमारानी, माण्डवी, स्वर्गद्वारी लगायतका पालिकाका विभिन्न बस्तीहरूलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।

आजदेखि ऐरावती गाउँपालिकाको उच्च जोखिमयुक्त क्षेत्रमा औपचारिक रूपमा बिषादी छर्ने कार्य सुरु गरिएको उनले बताए । उक्त अभियान जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठ, फोकल पर्सन कौशलराज वैद्य, डोर बहादुर खड्का लगायतको टोली परिचालन गरिएको पनि उनले बताए ।

श्रेष्ठका अनुसार लामखुट्टे नियन्त्रण तथा किटजन्य रोगको संक्रमण जोखिम घटाउने उद्देश्यले स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रमलाई क्रमशः अन्य जोखिमयुक्त क्षेत्रमा पनि विस्तार गरिनेछ ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech