दार्मा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजनना

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

file photo

नेपालगन्जः सल्यानको दर्मा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना तथा नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार यही ६ गतेबाट ६ दिनसम्म पालिकाका विभिन्न वडामा शिविर चल्नेछ। शिविरमा कानसम्बन्धी समस्या भएका बिरामीहरूको जाँच तथा उपचार सेवा प्रदान गरिनेछ भने आवश्यक परेका बिरामीहरूलाई थप उपचारका लागि सिफारिस गरिनेछ। साथै, आँखाको दृष्टि परीक्षण, रोग पहिचान, उपचार तथा रिफरल सेवा समेत उपलब्ध गराइने बताइएको छ।

यसैगरी, निकट भविष्यमा सञ्चालन हुने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरका लागि आवश्यक बिरामीहरूको छनोट पनि यही शिविरमार्फत गरिनेछ। साथै, उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोगहरूको परीक्षण तथा उपचार सेवा समेत उपलब्ध गराइनेछ।

गाउँपालिकाले सबै स्थानीय बासिन्दाहरूलाई नजिकको शिविर स्थलमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह पनि गरेको हो ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech