बाँकेमा अहिलेसम्म २ हजार ६७८ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७७, बुधबार

नेपालगन्ज १२, कात्तिक ।
बाँकेमा बुधबार थप १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । महिला ६ र १२ पुरुष गरी १८ जना संक्रमित कोरोनामुक्त भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको छ ।

अहिले जिल्लाका ११ सहित ३०७ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमितको कूल संख्या ३ हजार ४ रहेको छ भने अहिलेसम्म भाइरस संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech