बाँकेका दुई आइसोलेसन अस्पतालमा शिकिस्त २०,मध्यम ४६ र १९ जना सामान्य विरामी

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७७, मंगलवार

 

नेपालगन्ज ११,कात्तिक ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार जिल्लाका दुईवटा आइसोलेसन अस्पतालमा २० जना शिकिस्त विरामी , ४६ जना मध्यम र १९ जना सामान्यखालका विरामीहरु उपचारमा छन् ।

भेरी अस्पतालमा १२ जना शिकिस्त , ३४ जना मध्यम र ३ जना सामान्यखालका विरामी उपचारमा छन् । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जना शिकिस्त , १२ जना मध्यम र १६ जना सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार दिउसो १ बजेसम्म भेरी अस्पताल नेपालगन्जमा २७ जना महिला र २२ जना पुरुष गरि जम्मा ४९ जना विरामी उपचारमा हुनुहुन्छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १४ महिला र २२ पुरुष गरि जम्मा ३६ जना उपचारमा रहेको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाहरुको संख्या १ सय ९२ छ ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech