२८ बर्षीया महिलाले एकै पटक ५ शिशु जन्माइन्

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

काठमाडौं १९, असोज ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिनुभएको हो ।

५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो । अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो ।

डा सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एनआइसियुमा अब्जभेसनका लागि राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । ती शिशुहरुको तौल क्रमशः १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ । एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिन्छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech