३६ जना थपिएसँगै संक्रमित पुगे ७८२३

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

तस्बिर:फाइल

धनगढी १८, असोज ।
सुदूरपश्चिम प्रदेशमा आइतवार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका २८, कञ्चनपुरका सात र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती अस्पतालको प्रयोगशालामा चार सय ६ जनाको कोरोना परीक्षण भएकोमा थप २५ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैतडीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा दुई सय दुई जनाको कोरोना परीक्षण गर्दा दार्चुलाका ३० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय २३ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये ६ हजार ५ सय बढिले कोरोना जितेका छन्। २३ जना संक्रमितको मृत्यु भएको छ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech