नेपालगन्जः झाडापखालाका कारण बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको झाडापखालाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
तीन जनामा झाडापखला देखिएको छ । ती मध्ये एक जनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।
झाडापखाला देखिएको क्षेत्रलाई स्वास्थ्यकर्मीको टोलिले निगरानीमा राखेको छ ।