बाँकेका शहरी क्षेत्रमा कोरोनाको प्रभाव बढी किन ?

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

नेपालगन्ज ३१, भदौ ।
गएको बैशाख जेठमा पहिलो चरणमा बाँकेको पूर्वी क्षेत्रको ग्रामीण बस्ति नरैनापुरमा फैलिएको भाइरसको संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएपछि नेपाली सेना नै परिचालन गर्नुपरेको थियो ।

त्यस्तो जोखिमयुक्त ठाउँबाट भाइरसको संक्रमण मुक्त भएको पनि दुई महिना पुरा भइसकेको छ । तर गाउँको तुलनामा धेरै जानेबुझेका मानिसहरु बसोबास भएको मानिने नेपालगन्ज, कोहलपुर र खजुरा बजार क्षेत्रमा भने भाइरसको जोखिम बढ्दै गएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय १२ पुग्दा त्यस्को आधाभन्दा धेरै संख्या शहर र बजार क्षेत्रका छन् ।

पछिल्लो दुई महिना यता धेरै घुलमिल र उठबस गर्नेहरुमा भाइरसको संक्रमण देखा परेको छ । सेना र प्रहरीका व्यारेकदेखि होटल र रेष्टुरामा खाने बस्नेहरुमा पनि भाइरस संक्रमण उच्च देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मानिसहरुको बढी भिड्भाड् हुने ठाउँमा भाइरस संक्रमणको जोखिम बढी देखिएको छ । ‘मालपोत, यातायात, बैंक तथा वित्तियसंस्थाहरु र सुरक्षाकर्मीका ब्यारेकमा भाइरस संक्रमितको संख्या बढी देखिएको छ उहाँले भन्नुभयो–‘मानिसहरुको बढी भीडभाड हुने यस्ता ठाउँबाट पोजेटिभ केस धेरै निस्किएका छन् ।’

ग्रामीण क्षेत्रबाट लिइएको नमुनाको रिपोर्ट अधिकांश नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभयो । पछिल्लो दुई महिना यता धेरै घुलमिल र उठबस गर्नेहरुमा भाइरसको संक्रमण देखा परेको छ । सेना र प्रहरीका व्यारेकदेखि होटल र रेष्टुरामा खाने बस्नेहरुमा पनि भाइरस संक्रमण उच्च देखिएको छ ।

नेपालगन्ज, कोहलपुर र खजुरा लगायत बजार क्षेत्रमा भाइरस संक्रमणको दर शुन्य दशमलव २५ प्रतिशतसम्म छ । जवकी ग्रामीण क्षेत्रमा शुन्य दशमलव १ प्रतिशतभन्दा कम छ । साउन यता त हुँदा खाने निम्न वर्गका मानिसहरुमा भन्दा मध्यमवर्ग र उच्च वर्गका मानिसमा नै भाइरसको संक्रमण बढी देखिएको छ ।

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech