राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गड्तौला

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७९, आईतवार

नेपालगन्ज: नेकपा एमाले निकट फार्मासिस्टहरुको संस्था राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गड्तौला चयन हुनुभएको छ ।

शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले चयन गरेको छ। संघको महासचिवमा पृथ्वीराज ढुंगेल, सचिवमा अमृत थापा, निश्चल केसी र भूमिका अधिकारी तथा कोषाध्यक्षमा जीवन पौडेलसहितको ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष भिमराज सिंहको अध्यक्षतामा भएको सम्मेलनमा महासंघका अध्यक्ष डा झलक गौतम, महासचिव सन्तोष पौडेल, उपमहासचिव हिमालय तिवारी तथा अमृता बराल लगायतको सहभागिता भएको महासंघका प्रचार विभाग प्रमुख चन्द्र सुनारले जानकारी दिनुभयो ।

 

  • १४ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech