नेपालगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएको छ ।
माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उहाँहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गर्नुभएको हो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।
थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ ।