कोरोना संक्रमण बढ्दो त्रासः डिसिएमसी बाँकेका यस्ता छन् निर्णय

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

नेपालगन्जः जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले नेपालगन्ज उपमहानगरपालिकास्थित बालमन्दिरमा संचालित आइसोलेसनलाई संस्थागत आइसोलेसनका रुपमा संचालनमा ल्याउन नेपालगन्ज उपमहानगरपालिकालाई सिफारिस गरेको छ ।

केन्द्रको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमितहरु धेरै संख्यामा देखिन थालेपछि उनीहरुको व्यवस्थापनका लागि बालमन्दिरको आइसोलेसनलाई संस्थागतरुपमा संचालनमा ल्याउन नेपालगन्ज उपमहानगरपालिकालाई सिफारिस गरेको जानकारी दिनुभयो ।

यस्तै जमुनाह नाकामा एन्टिजेन परीक्षणकाक्रममा कोभिड संक्रमण देखिएकालाई आइसोलेसन सेन्टरसम्म ल्याउनका लागि जमुनाह नाकामा रहने गरि एम्बुलेन्स व्यवस्थापनको जिम्मा आईएनएफ नेपाल, साइनिङ अस्पताल र भेरी अस्पतालले पाएको छ । दुवै एम्वुलेन्स चालकको प्रोत्साहन भत्ता आइएनएफले व्यहोर्ने भएको छ ।

यस्तै दिनप्रति दिन संक्रमण बढ्दै गएकाले त्यसको थप व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामकुमार सोनकार, स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठ, जिल्ला आपत्तकालिन कार्य संचालन केन्द्रका सूचना अधिकारी रुपन ज्ञवाली र केन्द्रका फोकल पर्सन तेज वलीलाई दिने निर्णय बैठकले गरेको छ ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech