नेपालगन्जः नेपालमा एकै दिन ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कोरोनाको संक्रमणबाट बच्न र यसको प्रभावलाई कम गर्नका लागि पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ७ सय ७४ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।
खोप लगाउने क्रमलाई तीव्रता दिएसँग कोरोनाको संक्रमितको संख्या पनि कम भइरहेको छ ।