प्रदूषणका कारण फोक्सोमा असर, यी चिज खाँदा पुग्छ फाइदा

    • स्वास्थ्य पेज

  • ८ पुष २०७८, बिहीबार

हाल जाडो मौसमसँगै काठमाडौमा निकै प्रदुषण पनि बढ्न थालेको छ। यहाँको स्वच्छ हावा, एयर क्वालिटि पनि नराम्रो बन्दै जान थालेको छ।

हावामा प्रदुषणको मात्रा बढ्नाले फोक्सोमा निकै असर गर्दछ। चिकित्सकहरुका अनुसार प्रदुषित हावामा हुने साना साना कणहरुले फाक्सोलाई नोक्सान पु¥याउँछ। यस्तोमा आफ्नो फोक्सोलाई बचाउन आफ्नो डाइटमा यी खानेकुरा समावेश गर्न सकिन्छ।

गुडः

प्रदुषणबाट फोक्सोलाई बचाउँन गुडले निकै मद्धत गर्दछ। यो खाँदा धुवाँ धुलोको समस्याबाट बच्न सकिन्छ। गुडमा एन्टि एर्लजिक तत्व हुन्छ, जसका कारण फोक्सोलाई फाइदा पुग्दछ। यसमा आइरन हुन्छ। आइनले रगतमा हेमोग्लोबिनको लेवललाई सामान्य बनाउँछ, जसले गर्दा रगतमा अक्सिजनको स्तर बढ्छ।

जैतूनको तेलः

जैतूनको तेलमा भिटामीन ई पाइन्छ, जसले फोक्सोको समस्याबाट बचाउँछ। यसमा पाउने फ्याटी एसिडले शरीर सुन्निन कम गर्छ। यसले प्रदुषणबाट हुने मुटुरो हुनबाट पनि सुरक्षा दिन्छ।

हर्बल टीः

तौल कम गर्नेदेखि लिएर हर्बल चियाले स्वस्थ्य रहन पनि मद्धत गर्दछ। यसमा पाउने एन्टीअक्सिडेंटस्ले शरीरमा भएको टोक्सिकलाई पनि बाहिर निकाल्छ। त्यस्तै, प्रदुषणबाट हुन सक्ने एलर्जीबाट पनि सुरक्षित राख्छ। आफैले पनि घरमा तुलसी, अदुवा तथा कागतीको रस बनाएर हर्बल चिया बनाउन सकिन्छ।

गोलभेडाः

प्रदुषणबाट बच्न आफ्नो आहारमा गोलभेडा हाल्नु जरुरी छ। यसमा लाइकोपीन नामक एन्टीअक्सििडंट पाइन्छ, जसले प्रदुषणबाट हुने स्वासप्रस्वासको समस्याबाट सुरक्षित राख्छ।

लसुनः

लसुनमा ऐन्टीबायोटिक तत्व हुन्छ, जसले प्रदुषणसँग लड्ने क्षमता प्रदान गर्दछ। त्यसैले दैनिक लसुन खानुपर्दछ।

भिटामिन सीः

भिटामिन सी हाम्रो शरीरलाई निकै आवश्यक पर्दछ। यसले शरीरमा भएको फ्री रेडिकल्सलाई सफा गर्दछ। शरीरमा भिटामिन ईलाई रिजेनेरेट गर्न पनि भिटामिन सीको आवश्यकता पर्दछ। शरीरलाई दैनिक ४० मिलीग्राम भिटामिन सीको आवश्यकता रहन्छ। कागती, सुन्तला, अमला आदिमा भिटामिन सी पाइन्छ। यसको लागि अमिलो हुने फलहरु धेरै खानुपर्दछ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech