नेपालगन्जः बाँकेमा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परिक्षण गर्दा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९९ पुगेको छ ।
आज १४ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ५० पुगेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १६६ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामी २१ जना छन भने मध्यम बिरामी २९ जना रहेका छन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।