सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सवमा ६४ जनाद्वारा रक्तदान

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०८२, आईतवार

नेपालगन्जः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते आइतवार बैंक कर्मचारी, पत्रकार, व्यवसायी महिला पुरुष गरी ६४ जनाले बैशाख ७ गते रक्तदान गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँरले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटालाई सुनिता ओली, बर्षा कुमारी खडकालाई प्राबिधिक सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, बिजय कुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्षा कुमारी खडका, हिमा ओली, गोरख बहादुर थापा, लक्षमण बिसी, दिपक शर्मा, प्रताप सिंह बुढा, टिम बहादुर थारु, बिवेक कुमार बैश्य, याम नारायण महतो, गणेश खनाल, तुलसी महता, राज कुमार थारु, तेजेश्वर चौधरी, सन्दिप श्रेष्ठ, मोहम्मद फैजान अन्सारी, संगीता धिताल, बिरेन्द्र बहादुर हितान, अमृत खत्री, अभिशेष ओली, दिनेश काँदूले  रक्तदान गरेका छन् ।

त्यसैगरी आयुष थापामगर, बिकास खडका, रितेशराज पोखरेल, सुष्मा कुमारी थापामगर, प्रमोद कुमार थारु, दिक्षा मोबोलिम्बु, बसन्त भण्डारी, सुरेन्द्र कुमार थारु, बिशाल चौधरी, सन्दिप खनाल, बिमल बम, बिष्णु गुप्ता, शैलेश शर्मा, दीपशिखा खडका, अमृत अधिकारी, रोजन परियार, बसन्ती अर्गताली, अशोक बिक्रम साह, बिशाल ओली, भावना सुनार, मोहित गुप्ता, सन्तोष काँजी शाक्य, गीता कुमारी भुषाल, सुबोध श्रेष्ठ, बसन्त कुवँर, सागर खडका, लक्षमण कुमार भरोसा, पत्रकार जागेशवर सिंह थारु, केशव खत्री, बिजय कुमार अधिकारी, शंकर कुवँर, हिकमत चौधरी, कबिन शाक्य, सुरक्षा गार्ड धन बहादुर सिंह, पेमा सिरिङ्ग लामा, लुनदीप तामाङ्ग, स्वस्तिका खडका, प्रदी ओली, टिसिरिङ्ग शेर्पा लामा, सुनिल चौधरी लगायत ६४ जनाले रक्तदान गरेका छन् ।

रक्तदाताहरुलाई प्रमाणपत्र क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्य, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुवोध आचार्य लगायतले बितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, दिनेश आले, प्रभुदयाल गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखा, कोहलपुर शाखा, सनोश्री शाखा, बढैयाताल शाखा, गुलरिया शाखा गरी ५वटा शाखाबाट बैंक कर्मचारीहरुको सहभागितामा नेपालगन्जमा प्रभातफेरी समेत गरिएको थियो ।

  • ७ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech