चाडपर्वका बेला भोज धेरै गरिन्छ । पाहुना आउँदा पनि अनेक पेयपदार्थले स्वागत गरिन्छ । विवाह, व्रतबन्धमा पनि कोल्ड ड्रिंक नै भोजमा हुन्छ । दाल, भात, तरकारी, रोटी, खाजा एवं सूक्ष्म पोषणले भरिपूर्ण खानाबारे धेरै छलफल गरिए पनि महत्वपूर्ण पेयपदार्थबारे बेवास्ता गरिन्छ । स्वास्थ्यका लागि भोजनसँगै पेय पदार्थको ठूलो भूमिका भए पनि यसका बारेमा त्यति चर्चा हुँदैन ।
पिउने वा खाने जे भने पनि पानीर अन्य पेयपदार्थ वास्तवमा खानाजत्तिकै महत्वपूर्ण छन् । पूर्वीय संस्कृतिअनुसार उषाका बेला ‘जल पान’ अर्थात् ‘पानी पिउने’ भन्ने चलन छ । अहिले भने जलपान भन्नाले चिया, खाजा भन्ने बुझिन्छ । कब्जियत भएकाले बिहान मन तातोपानीमा कागती हालेर खाँदा पेट सफा हुन्छ । स्वास्थ्य राम्रो राख्न, कब्जियत नहोस् भनेर कतिपयले तुलसी, हरियो पुदिना, रोजमेरी आदि उमालेर त्यसमा कागती हालीपेयपदार्थ बनाएर पिउँछन् । यो बानीले पैसाको बचत पनि हुन्छ । पानीको परिपूर्ति र स्वाद पनि हुँदा पानीले शरीरमा जम्मा भएको विषालु पदार्थलाई शरीरबाट निकाल्छ ।
पानी आफैमा उत्तम पेयपदार्थ हो । प्रायः सबैलाई यसका बारेमा थाहा भएपनि पानी मात्र पिउनत्यतिरुचाइँदैन तर अनेक थरिका गुलिया पेयपदार्थ भने सजिलै पिउँछन् । यस्तागुलिया पेयपदार्थले अर्थात् कोल्ड ड्रिंकले हड्डीको क्षय हुने प्रक्रिया तीव्र बनाउँछ । यस्ता पेयपदार्थस्वस्थकर होइनन् । कतिपय यस्ता पेयपदार्थको विज्ञापनमा ‘चिनीरहित’ भनेर आउँछ ।तर, चिनी रहेको पेयपदार्थले स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
नेपालीहरूले धेरै पिउने चिया पनि पेयपदार्थ हो, जसलाई स्वस्थकर बनाएर पिउन सकिन्छ । दूध र चिनी हालेको चिया धेरै खाने बानी कम गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै एक कप दूध हालेको चिया खाँदा समस्या छैन । तर दिनभरीमा ५–१० कप दूध र चिनी हालेको चिया नपिएकै ठीक ।
कसैको घर जाँदा ‘चिया खाऊँ है’ भन्ने चलन छ । अथवा ‘चिया खाँदै कुरा गरौं न’ भन्ने चलन पनि छ । विदेशमा कफी बढी खाने चलन छ । वास्तवमा चिया र कफी निश्चित मात्रामा प्रयोग गर्दा बेफाइदा हुँदैन । चियामा कागती, अदुवा, मरिच हालेर पिउने हो भने अझ राम्रो हुन्छ ।अझ दूध र चिनी नहालेको, कागती हालेको चियाले त धेरै फाइदा गर्छ ।
म बिहानदेखि बेलुकासम्म ६–७ कप कागती हालेको, बिनाचिनी, मरिच र दालचिनी हालेको चिया पिउँछु । यसले मेरो दिनभरिको पानी आपूर्तिमा मद्दत गर्छ । चियाको तलतल पनि मेटिन्छ । दूध र चिनी हालेको चिया अलिअलि बालबालिकालाई पनि दिन सकिन्छ । कतिपयले दूध नहाली चियामा मह र कागती हालेर पिउँछन्, यो राम्रो पेयपदार्थ हो । तर मह धेरै प्रयोग गर्नु ठीक हुँदैन ।पानीमा मह उमाल्नु हुँदैन । पानी मनतातो भएपछि प्रयोग गर्नु ठीक हुन्छ ।
अहिले बजारमा विभिन्न किसिमका चिया पाइन्छन् । फलफूल काटेर त्यसलाई उमालेर पनि पिइन्छ । चमेली चिया ९ज्यासमिन टी०, सुपारी, गुलाबको फूलको चिया पनि उत्तम पेयपदार्थ हुन् । गुलाबको फूलउमालेर वा उम्लिएको पानीमा केही बेर भिजाएर त्यसमा स्वादअनुसार कागती र मह हालेर खान सकिन्छ । भिजेको गुलाबलाई चपाउन पनि ठीक हुन्छ । यसमा केही सूक्ष्म पोषण र रेसादार तत्व पनि हुन्छन् । तराईतिर पाहुनालाई घरभित्र पस्नेबित्तिकै एक गिलास पानी र एकटुक्रा गुडले स्वागत गर्ने चलन पुरानो हो । अहिले त्यो परिवर्तन भएर चियाले स्वागत गरिन्छ ।
अर्को स्वस्थकर पेयपदार्थ कागतीको सर्बत हो । यसले शरीरमा पानीको पूर्ति गर्नुका साथै कागतीको भिटामीन ‘सी’ ले रोगसँग लड्न मद्दत गर्छ । गर्मीका बेला कागतीको सर्बत (मह, मिश्री, गुड, दालचिनी, मरिच आदि स्वादअनुसार) र जाडोमा कागतीको चिया उत्तम पेयपदार्थ हुन् । नेपालमा त अक्षय तृतीयाका दिन सर्बत र सातु खाने सांस्कृतिक चलन नै छ ।रुघाखोकी लागेको व्यक्तिले बारम्बार कागती चियासेवन गर्दा स्वस्थ अनुभव हुन्छ । कागतीको सर्बतले तौल पनि ठीक राख्छ । यसरी कागतीको चिया वा सर्वत बनाउँदा बोक्रालाई पनि साना–साना टुक्रा गरेर चियामा हाल्न सकिन्छ ।
चनाको सातुलाई पनि कागती पानीमास्वादअनुसार वीरेनुन हालेर खाँदा स्वस्थकर पेयपदार्थ बन्छ । बालबालिकालाई पनि चना, जौको सातु कागतीको सर्वतसँग मिसाएर दिन सकिन्छ । विशेषगरी गर्मीका बेला लु लाग्ने ठाउँमा त यस्तो पेय पदार्थको प्रयोग स्वस्थकर हुन्छ ।
पेयपदार्थको नाम खाइने–पिइनेबट्टाको फलफूलको रसमा त चिनी र केही मात्र फलफूलको मिश्रण हुन्छ । यो त नपिएकै वेश । ताजा फलफुलको रस कहिलेकाहीँ खान ठीक हुन्छ तर सकेसम्म फलफूल नै खाए वेश ।
गर्मीका बेला आँपलाई घोलेर बनाएको रसले मन र शरीर दुवैलाई आनन्द दिन्छ । पाकेको र काँचो दुवै आँपबाट सर्बत बनाएर खान सकिन्छ । पर्याप्त मात्रामा ऊर्जा, भिटामिन, सूक्ष्म पोषकतत्व भएको यस्तो सर्बतले शरीरमा ऊर्जा दिन्छ, पेट पनि भरिन्छ । तर यस्तो रस बाहिर खाँदा बडो विचार गर्नुपर्छ ।
जाडोमा तराईमा उखुको रस पनि खाइन्छरपिइन्छ । यसमा वीरेनुन, मरिच हालेर खाँदा स्वादिलो हुन्छ । ऊर्जा पनि छिट्टै दिन्छ । तर मधुमेह भएकाहरूले यस्ता फलफूलको रस पिउँदा विचारगर्नुपर्छ । घरमा बनाएको सुन्तला, अनार, केराको रस पनि स्वस्थकर हुन्छ । तर रस बनाएर निस्केपछि छोक्रा भनेफाल्ने चलन छ । यस्तो छोक्रामा पनि पर्याप्त सूक्ष्म पोषणतत्व हुने भएकाले यिनलाई प्रयोग गर्नुपर्छ । यस्तो पदार्थ जाडो, गर्मी दुबैमा प्रयोग गर्न सकिन्छ ।
गाउँघर वा सहरमा सजिलैसँग बनाउन सकिने पेयपदार्थ हो दही, मही । गर्मीमा महीको प्रयोगले पेटलाई स्वस्थ राख्छ, शीतल दिन्छ । जाडोको बेलामहीबाट विभिन्न परिकार बनाउन सकिन्छ । बेसार र दूधको मिश्रण पनि यस्ता पेयपदार्थ हुन् । जो नेपालमा त्यति धेरै प्रयोग गरिँदैन । तर स्वस्थकर पेय पदार्थ हुन् ।
विदेशतिर ‘सुनौलो दूध’ (गोल्डेन मिल्क) भनेर महँगोमा दूध र बेसारको मिश्रण बेचिन्छ । नेपाल र भारतका गाउँघरमा हजुरआमाहरूले रुघाखोकी लाग्दा, ज्वरो आउँदा औषधिका रूपमा दिइने यो पेयपदार्थ सधैं प्रयोग गर्न सकिन्छ । बेलको सर्बत अर्को पेय पदार्थ हो, जुन धेरै स्वस्थकर भएर पनि प्रयोग गरिँदैन ।
बेल केही गुलियो हुन्छ । यसको सर्बतले गर्मी, आउँ, झाडापखाला हुँदा शरीरमा पानीको मात्रा कम हुन दिँदैन । त्यसैगरी, जाडोमा पुदिनाकै चिया र गर्मीमा शीतलता दिने पुदिनाको सर्बतउत्तम हुन्छ । हरियो र सुकेको दुवै पुदिना प्रयोग गर्न सकिन्छ । यसमा रेसादार तत्व र केही मात्रामा सूक्ष्म पोषक पनि पाइन्छ । तुलसी, अदुवा, आदिको पनि सर्बत चिया बनाउन सकिन्छ । गर्मीका बेला वाकवाकी आउने, मुख सुक्ने, टाउको दुख्ने समस्या हुँदा पुदिनाको सर्बतले ठीक गराउँछ । जाडोमा खाँदा रुघाखोकी पनि कम हुन्छ ।
ठूलाठूलाहोटलमा पाइने महँगो पेयपदार्थलाई घरमै तयार गर्न सकिन्छ । कागती, अदुवा र मह उपलब्ध भए पैसाको पनि बचत हुने भयो । अदुवा र कागती मिसिएका पेयपदार्थले रोगसँग लड्ने शक्ति दिन्छन् । शरीरमा स्वादिलो तरिकाले पानी आपूर्ति पनि हुन्छ ।
विचार गर्ने हो भने हाम्रै घरवरिपरि धेरै पेयपदार्थ बनाउन सकिने वस्तु छन् । अलिकता जाँगर भए बाहिरका महँगा पेयपदार्थ किन्नै पर्दैन ।