दाङमा पाँच महिनामा भेटिए १५७ जना स्क्रब टाइफसका बिरामी

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०८१, शुक्रबार

घोराहीः दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन्। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिने गरेको र त्यो संख्या बढ्दै गएको अस्पताल प्रशासनले बताएको छ।

२०८१ सालको पछिल्लो पाँच महिनामा एक सय बढी त्यस्ता बिरामी फेला परेका छन्। गत वैशाखदेखि भदौ २७ गतेसम्म एक हजार तीन सय ८४ जना बिरामीहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा एक सय ५७ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।

स्क्रब टाइफसका बिरामीमा ज्वरो आउने, पसिना आउने लगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने गर्छ। तर, उपचारमा ढिलाइ गरे ज्यानै जाने खतरा रहने चिकित्सकहरू बताउँछन्। प्रतिष्ठानमा २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा तीन हजार नौ सय ४२ जना बिरामीले परीक्षण गराएकोमा सात सय ३६ जनामा पोजेटिभ देखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

  • २८ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech