कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएपछि सांसद शाहीको आक्रोश

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८१, सोमबार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको भन्दै प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले आक्रोश पोखेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाएका हुन् । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उनले भने‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भनियो । उनले यो हुकुमी शासन हो भन्दै प्रश्न गरे ।

उनले अगाडि भने, ‘त्यहाँ भएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’ प्रधानमन्त्री बिरामी भएको भए परिस्थिति स्वीकार गर्न सकिने भन्दै उनले भने‚ ‘भ्यु टावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानु भएन ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह स्थगित भएको थियो । २३ भदाैका लागि तय भएको दीक्षान्त समारोह अब २८ कात्तिकका लागि ताेकिएकाे छ ।

 

 

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech