बच्चाहरुलाई पनि हुने गर्छ क्षयरोग, कसरी थाहा पाउने ?

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०८१, मंगलवार

क्षयरोग फोक्शोमा हुने एक प्रकारको संक्रमण हो । यो एक प्रकारको सरुवा रोग हो । यदि घरमा कोही क्षयरोगको बिरामी छ भने यो रोग बच्चा होस् या बृद्ध जुनसुकै उमेरका मानिसलाई पनि सर्ने गर्छ ।

बच्चाहरुमा यस समस्या पछिल्लो समय धेरै देखिन थालेको छ । अन्य उमेरमा हुने क्षयरोगभन्दा बच्चामा हुने क्षयरोग निकै जटिल हुने गर्छ । यसले बच्चामा छिट्टै संक्रमण बढाउंदै लान्छ । त्यसैले यसको लक्षण देखापर्ने बित्तिकै जाँच गराई हाल्नुपर्छ । क्षयरोग यी कारणले मात्र लाग्छ भन्ने छैन ।

यस रोगका लक्षणहरु यस प्रकार छन् 

  • लामो समय लगातार खोकी लाग्नु ।
  • मन्द मन्द ज्वरो आइराख्नु ।
  • पटक पटक मुर्छा पर्नु ।
  • काम्नु ।
  • खान मन नलाग्नु ।
  • उमेर अनुसार तौल नबढ्नु ।
  • श्वास फेर्न गाह्रो भए जस्तो हुनु ।
  • शरीर सुखा हुनु ।
  • निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्दा बच्चाहरु सिकिस्त हुनु ।

बच्चाहरुलाई क्षयरोगबाट बचाउन यसो गर्ने 

  • क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने ।
  • जन्मने बितिकै वा केही दिन भित्रै क्षयरोग बिरुद्धको बि।सी।जी खोप लगाउने ।
  • बच्चा जन्माउनु अगाडी नै आमामा रोग छ भने बच्चामा सर्ने संभावना बढी हुन्छ, यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।
  • बच्चालाई सधै स्वस्थ र पोषिलो खाना खुवाउने ।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech