गुरु [गजल]

    • डा.हेमराज शर्मा

  • ६ श्रावण २०८१, आईतवार

ताते ताते हिड्दा म , समायौ र पो गुरु भयौ।

मेरा खुसि तिम्रै भनि रमायौ र पो गुरु भयौ।।

शिक्षा दियौ, दीक्षा दियौ, आशिर्बाद पनि दियौ।

मेरो मनको श्रद्द्धा पनि कमायौ र पो गुरु भयौ।।

दियो बाल्नलाई तिमी आफै ,मैन बनी पग्लिरह्यौ ।

फेरि दियो बाल्न आफैलाई जमायौ र पो गुरु भयौ।।

कमजोर म पनि भयहोला,गल्ति मैले नि गरेहोला ।

सजाय दिनु पर्ने मा कपाल सुम्सुम्यायौ र गुरु भयौ।।

लेखक शर्मा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ ।

 

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech