मकैवारीमा कस्ले फाल्यो ज्यूँदै बच्चा ?

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०८०, बुधबार

नेपालगन्जः बाँकेको राप्ती सोनारीमा बेवारिसे अवस्थामा नवजात शिशु भेटिएका छन् । बुधवार विहान राप्तीसोनारी गाउँपालिका वडा नं.८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय ज्योति खड्का शाहले आफ्नो मकै बारीमा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको स्थानीयबासीले जानकारी दिए ।

बच्चा कस्ले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

अहिले बच्चालाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरको एनआइसीयूमा प्रहरी र अस्पताल प्रशासनको संरक्षणमा राखेर उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech