महिनावारी हुँदा के कस्ता कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०८०, आईतवार

महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ। महिनावारी एक प्राकृतिक प्रक्रिया हो। यसलाई शारीरिक परिवर्तनमध्येको एक मान्न सकिन्छ। यो शरीरमा भएका रागरसहरू (Hormone) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ।

यो बेला पेट दुख्ने वा ढाड दुख्ने समस्या देखा पर्नसक्छ । जसले गर्दा कति महिला शाररिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका हुन्छन्। महिनावारीको समय महिलाहरुले सरसफाइमा ध्यान दिनु अति आवश्यक हुन्छ।

महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम निम्त्याउन सक्ने भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिश श्रेष्ठ बताउँनुहुन्छ । महिनावारी स्वच्छतामा ध्यान नदिदाँ यो समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ।

यौनीमा खटिरा आउने , यौनीमा अस्वभाविक रुपमा दुर्गन्धित पानी बग्ने र मुत्र संक्रमण जस्ता समस्या देखिने डा.श्रेष्ठ बताउँनुहन्छ ।

महिनावारी भएका बेला विभिन्न कुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

१. आवश्यकता अनुसार समय समयमा आफुले प्रयोग गरेको प्याड परिवर्तन गर्नुपर्छ ।

. यदी कपडाको प्याड प्रयोग गर्नुहन्छ भने राम्रोसँग धुने र घाममा सुकाउने गर्नुपर्छ ।

३. सेनिटेरी प्याड प्रयोग गर्नु अघि हात सफा गर्नुपर्छ।

४. रजस्वला भएको समय शरीर सफा राख्न नियमित नुहाउन पर्छ ।

५. महिनावारीको समय आफनो जननेन्द्रिय सफा राख्न साबुन वा क्रिमको प्रयोग नगर्दा वेश ।

६. यो समय अन्य समय भन्दा बढी मात्रामा झोलिय पदार्थ पिउने ।

महिनावारी सरसफाईका लागि सहज रुपमा सार्वजनिक स्थान, कार्यालय, अस्पताल, कलेजहरुमा स्यानिटरी प्याड साथै शौचालय र पर्याप्त पानीको व्यवस्थापन गर्न जरुरी छ ।

महिनावारी हुँदा सरसफाइमा ध्यान दियो भने प्रजनन् स्वास्थ्यमा समेत फाइदा पुग्ने र विभिन्न रोग लाग्नबाट बच्न सकिेने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिश श्रेष्ठ बताउँनुहुन्छ ।

  • २० फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech