दाङ: नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशन बाट पुन: बिष्णु प्रसाद पौडेल अध्यक्ष चयन हुनुभएको छ ।
शनिवार दाङको घोराहीमा सम्पन्न शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन पाण्डे , उपाध्यक्षमा अजय के.सी र श्याम कुमार गिरि , महासचिवमा सुनिल रेग्मी निर्वाचित भएको नवनिर्वाचित सदस्य बसन्त योगिले बताउँनुभयो ।
यस्तै कोषाध्यक्षमा राजीमान बुढा, सचिवमा गिरिराज न्यौपाने, उपकोषाध्यक्षमा कृष्ण श्रेष्ठ र सदस्यहरूमा दिपकराज वली ,भागिराम खड्का , कृष्ण खड्का, बसन्त योगि र महेन्द्र रावत निर्वाचित हुनुभएको हो ।