नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ । साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ । जसले शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ ।
साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो, जसले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ । तौल नियन्त्रण हुन्छ । साइकल चलाउँदा शरीरमा ब्रेन सेल निर्माण हुने भएकाले मस्तिष्क विकासका लागि समेत यो उपयोगी मानिएको छ ।