महिलाले सेक्सबाट पाउने फाईदाहरु

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८०, मंगलवार

महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन ।

महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा 

दुखाईबाट मुक्तिः
दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

 स्वस्थ छालाः
डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

पाठेघरको क्यान्सरः
पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

तनाव कम गर्ने माध्यमः
तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

मिठो निन्द्राः
सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमताः
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

मुटुको रोगः
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

रक्त संचारः
सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

तौल घटाउनुहोस्ः
सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

मेटाबोलिजम बढाउने गर्दछः
सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

शरिरलाई सुगठित बनाउँछः
थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः
सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech