कसरी छुटकारा पाउन सकिन्छ शिघ्र स्खलनबाट ?

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

प्रिमेच्योर इज्याकुलेशन अथवा शीघ्रपतन अधिकांश पुरुषको चिन्ताको विषय हो । यौनको समयमा चरमोत्कर्षमा पुग्नुपूर्व नै वीर्य स्खलन हुन्छ भने यस्तो स्थितिलाई नै शीघ्रपतन भनिन्छ । यदि यसको उपचार समयमा नै गरिएन भने अवस्था झन् घातक हुन सक्छ ।

चिकित्सकसँग परामर्श

यो उपचार गरेर समाधान हुने समस्या भएकाले सबैभन्दा उत्तम त चिकित्सकसँग परामर्श लिनु नै हुन्छ । तथापि, केही उपाय छन् यौन सम्पर्कको समयममा जसको प्रयोग गरेमा शीघ्रपतनको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

डबल कन्डम

जो अर्गाजम अथवा चरमोत्कर्षमा पुग्नुभन्दा पहिले नै स्खलित हुन्छन्, उनीहरुले दुईओटा कन्डमको प्रयोग गर्नु उचित हुने मेनोपज अर हार्मोनल अफेक्टिङ लिबिडोकी विशेषज्ञ शहजादी हार्पर बताउँछिन् ।

सेलेक्टिभ सेरोटोनिन रिअप्टेक इनहिबिटर्स

डेली स्टार अनलाइनसँग कुराकानीको क्रममा उनले यदि कोही पुरुषमा यौनको समयमा आफू राम्ररी प्रस्तुत हुन नसक्ने भय छ भने यौन सम्पर्कको आधा घण्टापूर्व सेलेक्टिभ सेरोटोनिन रिअप्टेक इनहिबिटर्स (एसएसआरआईएस) लिन सल्लाह दिएकी छन् ।

ऊर्जाप्रदायक खाद्य तथा पेय पदार्थ

शीघ्रपतनको समस्याबाट छुटकारा पाउन केही अन्य उपाय पछि छन् । यौन सम्पर्क राख्दा शरीरबाट धेरै क्यालोरी ऊर्जा खपत हुन्छ । त्यसैले बीचबीचमा ऊर्जाप्रदायक ग्लूकोज, जुस, दूध आदि लिनु राम्रो हुन्छ । यसले शीघ्रपतनको समस्याबाट बचाउन सक्छ ।

यौनपूर्व हस्तमैथुन

यौनसम्पर्कपूर्व हस्तमैथुन गर्नाले पनि शीघ्रपतनको समस्याबाट छुटकारा पाउन सकिन्छ, तर यसो गर्दा बढी शक्ति क्षय हुने भएकाले ऊर्जाप्रदायक दूध, जुस, फल आदि ग्रहण गर्नु राम्रो हुन्छ ।

फोरप्ले

यौनपूर्व करीब १५ मिनेट फोरप्लेलाई समय दिनुपर्छ । यो शीघ्रपतनलाई नियन्त्रण गर्ने राम्रो उपाय हो ।

किगल एक्सरसाइज

दिनमा २, ३ पटक किगल एक्सरसाइज गर्नाले पनि शीघ्रपतनबाट छुटकारा पाउन सकिन्छ ।

त्यस्तै, यौनको समयमा आफूलाई स्खलित हुने आभास भएमा लिंग बाहिर निकालेर त्यसको अगाडिको भागलाई केही बेर थिचेमा पनि शीघ्रपतन रोकिन सक्छ ।

यदि यौनको क्रममा आफ्नो इच्छाभन्दा पूर्व नै स्खलन भइरहेको छ भने यसबारे चिकित्सकसँग तत्काल सल्लाह लिनुपर्छ । कतिपयले यो समस्या आफै ठीक हुन्छ भन्ने सोच्दछन् जसका कारण समस्या झन् बढ्दै जान सक्छ । त्यसैले समयमा नै यसको समाधान गर्नुपर्छ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech