मेरो लिंगमा डण्डीफोरजस्ता स–साना दाना छन्। यो कस्तो समस्या हो?

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८०, सोमबार

१. ममा हस्तमैथुनको बानी छ। यहीकारण मेरो लिंगको आकार छोटो हुँदै गएजस्तो लाग्छ। के यस्तो हुन्छ?
हस्तमैथुनको विषयलाई लिएर सदियौंदेखि गलत धारणा प्रचलित छ। यसबाट न व्यक्तिमा कमजोरी उत्पन्न हुन्छ, न त लिंगको आकारमा परिवर्तन। हस्तमैथुनको बानीलाई लिएर चिन्तित हुनुहुन्छ भने बिस्तारै छाड्ने प्रयास गर्नुपर्छ। यदि तपाईंमा दैनिक हस्तमैथुन गर्ने बानी छ भने सुरुमा दुई दिनमा एकपटक, त्यसपछि हप्तामा एकपटक र फेरि महिनामा एकपटक गर्नुहोस्। बिस्तारै बानी हट्दै जान्छ। सकेसम्म एक्लै नबस्नुहोस्। कुनै न कुनै काममा आफूलाई संलग्न गराउनुहोस्। यदि यौनेत्तजक कथा पढ्ने, अश्लिल भिडियो तस्वीर हेर्ने बानी छ भने यस्ता बानी हटाउनुहोस्। प्रेरक पुस्तक पढ्ने बानी गर्नुहोस्।

२. म १७ वर्षको भएँ। मलाई स्वप्नदोषको समस्या छ। के यसले शरीरलाई हानी गर्छ, यो कुनै रोग पो हो कि?
स्वप्नदोषलाई स्वप्न मैथुन पनि भनिन्छ। जसरी सम्भोग गर्दा शरीरलाई कुनै पनि प्रकारले हानी गर्दैन। सोही प्रकारले स्वप्नदोष (नाइटफल) बाट पनि शरीरलाई कुनै नोक्सान गर्दैन। यसले नपुसंकता पनि निम्त्याउँदैंन। १३, १४ वर्षको उमेरदेखि मानिसमा स्वप्नदोष हुन सक्छ। यो कुनै रोग या समस्या नभएकाले कुनै डाक्टरको चक्करमा नपर्नुस्। आत्मसन्तुष्टिका लागि सेक्सोलोजिष्टसंग भने सल्लाह लिन सक्नुहुन्छ।

३. मेरो लिंगमा डण्डीफोरजस्ता स–साना दाना छन्। यो कस्तो समस्या हो? यसबाट छुट्कारा पाउन के गर्नुपर्ला?
मानिसहरु लिंगमा देखिएको दानालाई लिएर निकै चिन्तित हुन्छन्। यसलाई सेक्सको परिणाम पनि मान्छन्। तर, यसबाट चिन्ता लिनुपर्ने कुनै कारण छैन।यो एक सामान्य शारीरिक क्रियाको कारक हो। डण्डीफोर वास्तवमा छालाको प्वालमा भएको अवरोधको परिणाम हो। यस्तो शरीरका अन्य भागमा पनि हुन सक्छन्, अनुहार, ढाड, खुट्टा, यौनांगजस्ता कुनै पनि अंगमा यस्ता दाना आउन सक्छन्। डण्डीफोर छालाको तेल ग्रन्थीमा आउने असामान्यताको प्रभाव हो। लिंगमा आउने डण्डीफोर पनि यस्तै सामान्य भएपनि केही अवस्थामा खतरनाक पनि हुन सक्छ।

लिंग या अण्डकोषमा डण्डीफोर सामान्यतः किशोरावस्थामा आउँछ। तर, वयस्क अवस्थामा पनि आउन सक्छ। एक तथ्यांकअनुसार आठदेखि १० पुरुष आफ्नो जीवनको कुनै न कुनै समयमा लिंग या अण्डकोषमा डण्डीफोर बेहोरिसकेका हुन्छन्। यस्ता दानाहरु एक या दुई सातापछि आफैं निको भएर जान्छन्। यदि पीडादायी छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

अनुदित सामग्री

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech