भाइरल ज्वरोबाट कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • २७ असार २०८०, बुधबार

वर्षातको समयमा बालबालिका र वृद्धवृद्धामा संक्रमण हुने डर हुन्छ । भाइरस तथा ब्याक्टेरियाका कारण भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या, झाडापखाला, टाइफाइड आदि संक्रमण हुने गर्छ ।

वर्षातको समयमा अधिकांशलाई भाइरल इन्फेक्सन हुने गर्छ । यतिवेला शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले पानीले भिज्दा, धुलो, चर्को घाममा हिँड्दा भाइरल इन्फेक्सन हुने गर्छ । जसले गर्दा चाँडै रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिन सक्छ ।

बम
वर्षातको समयमा बालबालिका र वृद्धवृद्धामा संक्रमण हुने डर हुन्छ । भाइरस तथा ब्याक्टेरियाका कारण भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या, रुघाखोकी, झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, मलेरिया आदि संक्रमण हुने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण छिटो हुन्छ । जसका कारण खोकी लाग्ने र ज्वरो आउने खतरा धेरै हुन्छ । त्यस्तै, बाढी–पहिरो गएको ठाउँमा ब्याक्टेरियाको संक्रमण हुने जोखिम धेरै रहन्छ ।

कारण
-हावामा पानीको मात्रा बढी हुने भएकाले यस समय संक्रमण चाँडै फैलिन्छ । दूषित हावामार्फत ब्याक्टेरिया शरीरमा प्रवेश गर्छन् र समस्या देखिन्छ ।

– गर्मीका कारण खानेकुरा छोटो समयमा नै कुहिने गर्छ । यस्ता अस्वस्थ खानेकुराले पनि समस्या निम्त्याउँछ । प्रदूषण समस्याको अर्को कारण हो ।

-अधिकांशको बाइक तथा स्कुटरमा यात्रा गर्दा मास्क नलगाई हिँड्ने बानी हुन्छ । हावामा कीटाणु मिसिएको हुन्छ र संक्रमित हुन सकिन्छ ।

-भाइरल इन्फेक्सन भएको मान्छे प्रत्यक्ष भेट्दा पनि संक्रमण सर्न सक्छ ।

कसरी बच्ने ?
-पानी प्रशस्त मात्रामा पिउन जरुरी हुन्छ । तर, उमालेको शुद्ध पानी मात्रै पिउनुपर्छ ।

-भाइरल संक्रमण अर्थात् पखाला, ज्वरो आदिको लक्षण देखिएमा स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपर्छ ।

-व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर, टोल र समाज सफा राख्नुपर्छ । फोहोर थुप्रिन दिनुहुँदैन, जसले गर्दा ब्याक्टेरियल संक्रमण छिटो फैलिन नपाओस् ।

– पानी जम्ने ठाउँ सफा गर्नुपर्छ । टायर, बाहिर राखिएका भाँडाकुँडा, पानी अड्केर बस्न सक्ने ठाउँ सधैँ सफा गर्न आवश्यक हुन्छ । लामो समयसम्म पानी जम्दा लामखुट्टे तथा रोग सार्ने कीटाणु फैलिन सक्छ ।

– बाइक, स्कुटरमा यात्रा गर्दा मास्क अनिवार्य लगाउने । हावा छेक्ने कपडा लगाउने ।

-पानीमा भिजेपछि भाइरल इन्फेक्सन हुन्छ । जसले गर्दा समस्या आउन सक्छ । त्यसैले झरीबाट जोगिने । बाहिर निस्कँदा रेनकोट अनिवार्य बोकेर हिँड्ने ।

– चर्को घाममा हिँड्नुहुँदैन । चर्को घाममा हिँड्दासमेत ज्वरो आउने हुन्छ ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech