गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । जुन ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ ।
शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको बिकार पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरी बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।
पसिना गन्हाउँने कारण
-ब्याक्टेरिया इन्फेक्सन
-अल्कोहलको बढी प्रयोगले
– जंक फुड खानाले
-वंशाणुगत कारण
-मसालेदार खानेकुरा धेरै खाएर
-धुम्रपान गर्नाले
-लसुन प्याजको प्रयोग धेरै गरेर
उपाय
– दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।
– प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।
-कागतीको रस पानीमा राखेर नुहाउन सकिन्छ ।
-सँधै खुकुलो लुगा लगाउने गर्नु पर्छ ।
-काखीको कपाल सफा गर्नु पर्छ ।
-नुहाएर आएपछि एकछिन शरीर सुक्न दिनुपर्छ । अनि मात्रै लुगा लगाउने गर्नु पर्छ ।
ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ । तर, चिकित्सकको सल्लाहमा ।