गर्मीमा छालाको स्याहार : दिनमा कति पटक फर्ने सन्सक्रिम ?

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७८, सोमबार

मौसम परिवर्तनसँगै छालामा विभिन्न समस्याहरु देखा पर्न थाल्छ । जाडो मौसममा छाला फ्रुस्रो हुने, चमक नहुने, पत्रपत्र निस्कने, चायाँपोतो लगायतका समस्या देखिन्छन् ।

गर्मी मौसममा त घामदेखि परै बस्न रुचाउँछन् प्राय मानिसहरु । विशेषगरी टिनएजरहरु । आफ्नो सौन्दर्य मेन्टेन गर्न खोज्ने महिलाहरुलाई सकेसम्म घाममा निस्कनै नपरे हुन्थ्यो भन्ने लाग्छ ।

किनकी गर्मी महिनामा तापक्रम बढी हुन्छ । घामले छालाको रुपरंङ्ग, निखार खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । चाउरीपना देखा पर्न थाल्छन् । एलर्जी हुने । घमौरा र डण्डीफोरले मुहार कुरुप बनाइदिन्छ ।

गर्मी मौसममा छालामा देखा पर्न सक्छन् यस्ता समस्या

गर्मी मौसममा छालाको प्रकार अनुसार घमौरा, चाउरीपना, एलर्जीको समस्या पनि देखिन सक्छ ।

घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ । विशेषगरी बालबालिकामा घमौरा आउने समस्या धेरै हुन्छ । ‘गर्मीयाममा बालबालिकामा घमौरा आउने सम्भावना बढी देखिन्छ।

घमौराबाट बचाउन सफा राख्नुपर्छ ।

गर्मी मौसममा धेरै नुहाइन्छ ।यसले छालामा सुख्खापना ल्याउँछ ।

कसरी गर्ने छालाको स्याहार ? स्वस्थ कसरी राख्ने ?

– प्रशस्त मात्रामा पानी पिउने ।

– छालालाई सफा राख्ने । पसीना धेरै आउने भाग पुस्ने ।

–हावा छिर्ने खालका कपडा प्रयोग गर्ने । यसले पसिना धेरै आउने समस्या कम गर्छ ।

–घाममा निस्कदा शरीरका खुल्ला भागमा छालाको प्रकृति तथा चिकित्सकको सल्लाह अनुसार सन्सक्रिम प्रयोग गर्ने । छाता ओढ्ने ।

–एकपटक लगाएको सन्सक्रिम ले बढीमा ३ देखि ४ घण्टासम्म मात्र काम गर्छ । त्यसैले सकेसम्म हरेक ३ देखि ४ घण्टामा दोहोर्याएर लगाउनुपर्छ । यसबाट चाँया पोतो एवम् कोठीबाट छालालाई जोगाउन सकिन्छ ।

– चिल्लो पिरो, मसलेदार खाना कम खाने । सन्तुलित भोजन गर्ने ।

– हरियो सागपात, फलफुल बढी खाने ।

– शरीरको सरसफाईमा विशेष ध्यान दिने । क्लिन्जीङ गर्ने । छालालाई उपयुक्त हुने खालको फेसवास प्रयोग गर्ने बिहान र बेलुका । मस्चराईजर प्रयोग गर्ने । सुख्खा छाला हुनेले मस्चराईजर क्रिमको प्रयोग गर्ने, चिल्लो छालाका लागि मस्चराईजर जेलको प्रयोग गर्ने ।

शरीरमा असामान्य रुपमा रातो डाबर आएमा, एलर्जी वा फंगल इनफेक्सन भएमा तत्काल छाला रोग विशेषज्ञलाई देखाउनु पर्छ ।

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech