भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • ३० पुष २०७८, शुक्रबार

नेपालगन्ज: छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् ।

जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech