भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

काठमाडौंः आउँदो फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज सरकारले खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ ।

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट अफ इन्डियासँग फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि गरेको सम्झौता अनुसार पहिलो खेपमा १० लाख डोज आज आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दिउँसो १:३० बजे एयर इन्डियाको विमान मार्फत खोप काठमाडौं आइपुग्नेछ । नेपाल आइपुग्ने खोप सुरुमा टेकुस्थित कोल्डरुममा भण्डारण गरिने र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र माफर्त जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने मन्त्रालयका सह प्रवत्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भारत सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ढ खोप अनुदान स्वरुप नेपाललाई उपलब्ध गराएपछि सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाईकर्मी, एम्बुलेन्स, शबबाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कुटनितिक नियोगका कर्मचारी, युनएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ। हालसम्म ३ लाख बढीले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech