पिजीको प्रवेश परीक्षा दिएका थप ३६ जनाको दुर्गम कार्यअनुभवको कागजात झुटो

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं: दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै चिकित्सा शिक्षा आयोगले ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाएको छ।

एमडी/एमएस र एमडीएस तर्फ शैक्षिक सत्र २०७६र७७ लागि लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिट तर्फबाट आवेदन दिई उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो।

आयोगले मंगलबार एक सूचना जारी गर्दै छानविन गर्दा झुटो विवरण पेश गरेको पाइएपछि २०७७-५-३१ मा आयोगबाट प्रकाशित सूचनाको बुदा नं ५ को खण्ड फ र एकीकृत प्रवेश परीक्षा सन्चालन कार्यविधी २०७७ को दफा ८(४) बमोजिम उनिहरुको नतिजा कार्यकारी समितिको फागुन ४ गतेको निर्णय अनुसार मेरीट लिस्टबाट हटाइएको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको सूचना

 

यो पनि पढ्नुहोस्
दुर्गम कार्यअनुभवको कागजात झुटो पाइएपछि पिजीको प्रवेश परीक्षा दिएका १३ जनाको नतिजा रद्द

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech