दुर्गम कार्यअनुभवको कागजात झुटो पाइएपछि पिजीको प्रवेश परीक्षा दिएका १३ जनाको नतिजा रद्द

    • स्वास्थ्य पेज

  • २८ माघ २०७७, बुधबार

काठमाडौं:दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षा दिएका १३ जनाको नतिजा रद्द गरेको छ।

दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै आयोगमा उजुरी परेको थियो ।

चिकित्सा शिक्षा आयोगले बुधबार एक सूचना प्रकाशन गर्दै छानविन गर्दा झुटो विवरण पेश गरेको पाइएपछि एकीकृत प्रवेश परीक्षा सन्चालन कार्यविधी २०७७ को दफा ८(४) बमोजिम उनिहरुको नतिजा कार्यकारी समितिको माघ २५ गतेको निर्णय अनुसार मेरीट लिस्टबाट हटाइएको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको सूचना

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech