आयोडिन महिनाः डुडुवामा चेतनामुलक अन्तरक्रिया

    • स्वास्थ्य पेज

  • २७ माघ २०७७, मंगलवार

नेपालगन्जः सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइरहेको छ । यसैक्रममा बाँकेको डुडुवा गाउँपालिकामा पनि आयोडिनको कमीबाट स्वास्थ्यमा आउने विभिन्न खाले समस्या र समाधानका उपायबारे जनचेतना जगाउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो ।

अन्तरक्रियामा उपयुक्त मात्रामा आयोडिन प्राप्त गर्न सकिने माध्यम तथा उचित मात्रामा आयोडिन भएको नूनको पहिचान गर्ने तरिकाहरु बारे जानकारी गराइने प्रमुख बुढाको भनाइ छ ।

खरिद गरिएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरिपरि तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द गर्ने बट्टामा राखी नुन झिकेपछि तुरुन्तै बन्द गर्नुपर्छ र ओसिएको आयोडिनयुक्त नुन उपभोग नगर्न उहाँले सुझाव दिनुभयो । सकेसम्म खाना खाने बेलामा मात्र नुन छर्केर खानु उपयोगी हुने उहाँको भनाइ छ ।

दिनहुँ खानैपर्ने तर एकदमै थोरै मात्रामा अर्थात् कम्तीमा १ सय ५० माइक्रोग्राम (एउटा सियोको टुप्पो जतिमात्र) आयोडिनको सेवन गरेमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या आउन सक्दैन भने गर्भवती, आमा तथा शिशुको चौतर्फी विकासका लागि मनग्ये पुग्छ। त्यसकारण यसलाई सूक्ष्म पोषक तथा खनिज तत्व भनेर चिनिन्छ।

सरकारले कम्तीमा पनि देशका ९० प्रतिशत घरधुरीलाई आयोडिनयुक्त नून उपलब्ध गराउने लक्ष्य राखेको छ ।

 

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech