काठमाडौं ८, माघ ।
कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ ।
इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको पुनेका मेयर मुरलीधर मोहोलले पुष्टि गर्नुभएको हो । ज्यान गुमाउने मजदुर हुन सक्ने मेयर मोहोलले बताउनुभएको छ ।
अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ, आगलागीको कारणबारे बुझिरहेका छौँ मेयर मोहोलले भन्नुभयो । इन्स्टिच्युटमा बिहीवार दिउँसो आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन १० वटा दमकल त्यहाँ पुगेका थिए ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो। भारतले आज मात्रै कोभिशिल्ड खोप नेपाललाई १० लाख मात्रा हस्तान्तरण गरेको थियो ।
यो पनि पढ्नुहोस् ।
कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी