कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

काठमाडौं ८, माघ ।

कोरोना विरुद्धको भ्याक्सीन कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ ।

सेरमको उत्पादन प्लान्ट टर्मिनल १ गेटमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार दिउँसोबाट आगलागी सुरु भएको र आगलागीको कारण नखुलेको बताईएको छ ।

कोभिसिल्ड गेट नम्बर ३, ४ र ५ मा काम हुने भएकाले आगलागीका कारण कोरोना भ्याक्सीनको काममा कुनै क्षति नभएको बताईएको छ ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो। भारतले आज मात्रै कोभिशिल्ड खोप नेपाललाई १० लाख मात्रा हस्तान्तरण गरेको थियो ।

 

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech