काठमाडौं ४, माघ ।
फार्मेसी जगतको मूर्धन्य व्यक्तित्वमा रूपमा चिनिने डा.अश्फाक शेखको निधन भएको छ।
औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा.शेखको ८० वर्षको उमेरमा निधन भएको विभागका पूर्वमहानिर्देक नारायण ढकालले पुष्टि गर्नुभयो ।
फार्मेसी जगतमा अतुलनीय योगदान पुर्याउनुभएका डा.शेखले वि.सं. २०४६ सालअघिदेखि २०५७ सम्म विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।