यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारेको बुझाई सकारात्मक बनाउन जोड

    • स्वास्थ्य पेज

  • २२ पुष २०७७, बुधबार

नेपालगन्ज २२, पुष ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे किशोरकिशोरीहरुको बुझाई सकरात्मक बनाउन जोड दिइएको छ । बुधवार बी ग्रुपले नेपालगन्जमा संचारकर्मीहरुका लागि आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक अभिमुखिकरण गोष्ठिमा सहभागीहरुले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल र वहस गर्न जरुरी रहेकोमा जोड दिएका हुन् ।

बी ग्रुपले बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत् यौन तथा प्रजनन अधिकारका सवालमा किशोरावस्थाका युवायुवतीहरुलाई सचेतिकरण कार्यक्रम गर्दै आएको परियोजना संयोजक दिनेश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, यो परियोजना बाँकेको खजुरा गाउँपालिका र बर्दियाको मधवन नगरपालिका र बारबर्दियामा विगत दुई वर्षदेखि चलिरहेको छ ।

खासगरी किशोरावस्थामा आउने परिवर्तन र त्यसबारेको बुझाइ सकारात्मक बनाउन यो कार्यक्रमले बालबालिका र किशोरकिशोरीहरुको समूह गठन गर्ने गरेको छ । तीन पालिकामा १२ वटा गल्स र १२ वटा व्याइजगरी २४ वटा समूह गठन गरिएको छ । १० देखि १५ र १६ देखि २४ वर्ष उमेर समूहमा विभाजन गरेर समूह बनाइएको छ ।

यी समूहमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा उनीहरुलाई जानकारी दिएर समुदायस्तरका अन्य बालबालिका तथा किशोरकिशोरी र युवाहरुलाई यसबारेमा सूचना प्रवाह गर्ने काम हुँदै आएको संयोजक चौधरीले बताउनुभयो । नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, अहिले पनि उमेर नपुगेरै गर्भधारण गर्ने र बा आमा बन्ने किशोरकिशोरीको संख्या डर लाग्दो छ ।

उक्त तथ्याङ्कबारे जानकारी दिदै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक टीकामाया गुरुङले नेपालको कुल जनसंख्याको १७ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बन्ने गरेको बताउनुभयो। जस्का कारण मातृ मृत्युदर घटाउन चुनौतिपूर्ण छ भने शिशु मृत्युदर पनि बढेको छ ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech