वीरगञ्जः कोरोना संक्रमणबाट अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको निधन भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उहाँको कोरोना संक्रमणबाटै आइतबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसेनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।
वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा अबुल हैस अन्सारीका अनुसार डा हुसेनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
डा हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गर्नुभएको थियो ।