कोरोना संक्रमणबाट २९ वर्षीय अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको निधन

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

वीरगञ्जः  कोरोना संक्रमणबाट अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको निधन भएको छ  । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उहाँको कोरोना संक्रमणबाटै आइतबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसेनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा अबुल हैस अन्सारीका अनुसार डा हुसेनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

डा हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गर्नुभएको थियो ।

 

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech