१५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन सकिदैन-अफिन

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: निजी अस्पताल सञ्चालकले अक्सिजन प्लान्ट बनाउन कम्तिमा तीन महिना लाग्ने बताएका छन् । एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन महिना अघि ‘अक्सिजन प्लान्ट’ बनाउन नसकिने जनाएका हुन् ।

अस्पतालहरूले कोभिड संक्रमितको उपचारमा सम्पुर्ण ध्यान केन्द्रित गर्दा पनि राज्यले स्रोत-साधन उपलब्ध गराउन साटो गैर जिम्मेवारीपूर्ण निर्णय गरेको अफिनको ठहर छ। ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन।

विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ,’ अफिनले विज्ञप्ती जारी गर्दै भनेको हो ।

देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरू चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरू तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बेड सञ्चालन गरेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न आजै निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्

निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech