निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

काठमाडौं: निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै १०० बेडभन्दा माथिका निजी अस्पताललाई आजकै मितिबाट १५ दिनभित्र प्लान्ट जडान गरि मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेको हो ।

संक्रमित बिरामीहरुको चाप र मृत्युदर समेत बढ्दै गएको र अक्सिजन आपूर्ति प्रक्रिया समेत दिन प्रतिदिन जटिल हुदै गईरहेको भन्द्रै मन्त्रालयले निजी अस्पताललाई प्लान्ट जडान गर्न भनेको हो ।

यसैबिच मन्त्रालयले मन्त्री परिषद्को बैशाख १३ को निर्णयअनुसार प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री आयतमा भन्सार छुट हुने जनाएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech