नेपालगन्जः बाँकेमा जारी निषेधाज्ञा जेष्ठ तीन गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको उल्लेख गरेको छ ।
प्रशासन गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ तीन गतेसम्म पुर्याइएको हो ।