नियमित यौनसम्पर्कका फाइदा : स्वस्थ बनाउँछ र तनाव हटाउँछ

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

एजेन्सी,

हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो। सेक्सबाट ब्लडप्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ। एक सर्वेका अनुसार नियमित यौनसम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौनसम्पर्कले मानसिक तनाव पनि काम हुन्छ । जो व्यक्ति नियमित यौनसम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिन्छ।

यौनसम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ

खोजका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ, त्यसका साथै तपाई आफूलाई ताजा र स्वस्थ–स्फुर्त महशुस गर्नुहुन्छ। यौनसम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ।

यौनसम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ

यौनसम्पर्कले केवल तपाईलाई आनन्द मात्र दिँदैन यसले महिलालाई यौनसम्पर्कका बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्दछ।

महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी

यौनसम्पर्क महिलाहरुलाई कयौं कुरामा फाईदाजनक हुन्छ। यौनसम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हासिल गर्दछन् जसबाट उनको मांशपेशीहरु मजबुत गर्नमा सहयोग गर्दछ।

यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्छ

यौनसम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठूलो भूमिका खेल्ने गर्दछ।

यौनसम्पर्क एउटा राम्रो कसरत हो

यौनसम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ।

यौनसम्पर्कले हृदयघातको समस्या बाट बचाई राख्न मद्दत गर्छ

यौनसम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयाघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ।

यौनसम्पर्कले दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले यौनसम्पर्क गर्दा चक्की प्रयाेगले दीर्घकालिन नकारात्मक प्रभाव पाइएको छ।

यौनसम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषलाई महिनामा २१ पटकको पूर्ण यौनसम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्ने बताइएको छ।

यौनसम्पर्कले राम्रो निन्द्रा दिलाउँछ

यौनसम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउँछ।

यौनसम्पर्कले मानसिक तनाव कम गराउँछ

यौनसम्पर्कको बेला मानिसले चुम्बन गर्ने, अँगालो हाल्ने सरिरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पीडा बिर्सेर आफूलाई यौनसम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाव भुल्दछ।

 

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech