भिटामिन सी -स्वस्थ शरीरका लागि निकै आवश्यक

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७७, बुधबार

 

काठमाडौं १७, मंसिर ।

भिटामिन सी स्वस्थ शरीरका लागि निकै आवश्यक छ । यो भिटामिन प्रायः हरेक खानेकुरामा पाइन्छ वा भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ । भिटामिन सी ले कोशिका निर्माणमा समेत सहयोग गर्दछ ।

भिटामिन सीको कमी भयो भने मानव शरीरमा विभिन्न किसिमका फेरबदलहरु आउँछन् । भिटामिन सी को राम्रो स्रोत भनेको ताजा फल र सब्जीहरु हुन् ।

भिटामिन सीका स्रोतहरु

१. अम्वा

२.अकबरे खुर्सानी

३. सुन्तला

४. हरियो डल्ले खुर्सानी

५. गोलभेडा

६. स्ट्रोबेरी

७. अमला

८. ब्रोकाउली

९. मेवा , भुईकटर अमिलो रसिलो फल, काँचो फल र सब्जीहरुमा भिटामिन सी पाइन्छ ।

भिटामिन सी को कमि भए के हुन्छ ?

भिटामिन सी को कमि भए शरीरमा दुःखाइ हुने, गम्सबाट रगत बग्छ जसका कारण स्कर्वीजस्तो रोग समेत लाग्न सक्छ । हर्मोन र इन्जायिमहरुले सही ढंगले काम गर्न छाड्छन् । केहि रोग जस्तै मोतिबिन्दु, छालाको रोग, रक्तअल्पता, भोक नलाग्नु आदि समेत हुन सक्छ । नाक फुट्ने , कपाल खस्ने समस्या समेत यो भिटामिनको कमीका कारण हुनेगर्छ ।

भिटामिन सी को फाइदा

शरीरको रोग प्रतिरोधात्कम क्षमतालाई बलियो बनाउन र शरीरलाई उर्जा दिन भिटामिन सीको महत्वपूर्ण भूमिका रहन्छ । भिटामिन ‘सी’ को नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउन , एलर्जी र तनावको समस्या कम हुनुका साथै जाडो मौसममा शरीर दुख्ने समस्यामा समेत कमी आउँछ । यसको सेवनले मुटुको समस्या, श्वास सम्बन्धी रोगको जोखिम समेत कम हुने गर्दछ ।शरीरमा भिटामिन सीको मात्रा सन्तुलनमा राख्न फलफूल र सागपातहरु खानु आवश्यक छ ।

यी विविध कारणले भिटामिन सी हाम्रो शरीरलाई अति आवश्यक छ ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech